हेटाैँडामा सुर्यान्स हाेटल सन्चालनमा

हेटौडा । हेटौंडा उपमहानगरपािलका १० टिसेनरोडमा  साेमबार बाट सुर्यान्स नाम हाेटलकाे शुभारम्भ भएकाे छ । साढे २ कराेडकाे लागतमा सुविधा सम्पन्न हाेटेल सन्चालनमा ल्याइएकाे संचालक निप्पु सराफले पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल भ्रमण वर्ष–२०२० लाई मध्यनजर गरि सञ्चालनमा ल्याइएकाे हाेटलमा रेष्टुरेन्टम, पर्याप्त पार्किङ, लिफ्ट सहितको सुबिधा रहेको छ सराफले बताए । बजारको मुख्य चोक नजिकै रहेको होटलमा दुई वटा कन्फ्रेन्स हल सहित २ वटा रेष्टुरेन्ट बारको व्यवस्था रहेको छ । ४ वटा स्विट रुमसहित ३० वटा कोठाहरु रहेको छ । टफन ग्लास सहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौ तल्ला सम्म होटल सञ्चालनमा आएको...