बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित गरेको हो । प्रदेश सरकारका तर्फका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा पेस गरेको अर्थ सम्बन्धीमा प्रस्तावलाई कार्यान्वयन गर्न बनको विधेयक र विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको हो । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेस गरेको प्रदेश सरकारको आर्थिक सम्बन्धी विधेयक र विनियोजन विधेयक प्रदेशसभाको बैठकले बहुमत सहित पारित गरेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बिच सत्तारुढ दलका बहुमत सदस्यहरूको समर्थनमा...