उधोग तर्फको उपाध्यक्षमा उप्रेती निर्वाचित
![](https://www.nirantarnews.com/wp-content/uploads/2025/01/FB_IMG_1736618494908.jpg)
हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा उधोग तर्फको उपाध्यक्षमा दिपक उप्रेती निर्वाचित भएका छन ।
शनिबार सार्वजनिक भएको मत परिणामअनुसार २७२ मतसहित उप्रेती उधोगतर्फको उपाध्यक्ष निर्वाचित भए । अर्का आकांक्षी रबिन्द्र घिमिरे २४० मतसहित पराजित भए ।
त्यस्तै उधोग तर्फको सदस्यमा भुपेन्द्र अधिकारी ३०७ बिजयी, कृष्ण गोपाल महर्जन २८८ बिजयी र जगदीश दाहाल २७३ मतसहित बिजयी भएका छन् । कृष्ण राज कोइरालाले २५३ र दिपक शिवाकोटीले २४७ मतसहित पराजित भए।
त्यसैगरी उधोगतर्फ महिला आरक्षणमा सितादेबी भेटवाल २९५ मतका साथ बिजयी बन्दा मेनका श्रेष्ठ २२५ मतसहित पराजित भइन ।
उधोग तर्फ ५५५ मत खसेको थियो ।