हरियाली निर्माणमा जुटे एक अभियन्ता, नमूना गाउँ बनाउन योगदान गर्ने

साउन २, रुकुमपूर्व  । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीका ५० वर्षीय श्रीमान बुढा मगरले वृक्षारोपण गर्दै आएका छन् । हरियाली गाउँ निर्माण गर्ने संकल्पका साथ २०६९ सालमा ६ सय विरुवा रोपेका थिए । काँक्री स्वास्थ्य चौकी र जनजाति संग्रहलय काँक्री वरिपरी र सार्वजनिक क्षेत्रमा धुपी, सल्लो, देयर र ओखर गरी ६ सय विरुवा रोपेका हुन् । अहिले उक्त रोपिएको विरुवा हुर्किरहेकोमा पुनः यो वर्ष विरुवा लगाएका छन् । २०६९ सालमा विरुवा खरिद गरेर लगाएका हुन् । जसमा विरुवा खरिद गरी रोपदा २५ हजार लगानी लागेको बुढाले बताए । यो वर्ष मंगलबार ६ सय ५०...