हरियाली निर्माणमा जुटे एक अभियन्ता, नमूना गाउँ बनाउन योगदान गर्ने

जयमान बुढा मगर
२ श्रावण २०७६, बिहीबार १८:२३

साउन २, रुकुमपूर्व  । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीका ५० वर्षीय श्रीमान बुढा मगरले वृक्षारोपण गर्दै आएका छन् । हरियाली गाउँ निर्माण गर्ने संकल्पका साथ २०६९ सालमा ६ सय विरुवा रोपेका थिए । काँक्री स्वास्थ्य चौकी र जनजाति संग्रहलय काँक्री वरिपरी र सार्वजनिक क्षेत्रमा धुपी, सल्लो, देयर र ओखर गरी ६ सय विरुवा रोपेका हुन् । अहिले उक्त रोपिएको विरुवा हुर्किरहेकोमा पुनः यो वर्ष विरुवा लगाएका छन् ।

२०६९ सालमा विरुवा खरिद गरेर लगाएका हुन् । जसमा विरुवा खरिद गरी रोपदा २५ हजार लगानी लागेको बुढाले बताए । यो वर्ष मंगलबार ६ सय ५० लेकाली सल्लोका विरुवा काँक्रीको गर्वे विसाउना क्षेत्रमा रोपेका छन् । जसको लगानी आफ्नै बेर्ना रहेको हुनाले १५ हजार रकम बराबरको लागेको उनले जनाए । उजाडिँदै गएको पाखापखेरा र गाउँका वरिपरी हरिलोभरिलो र भूक्षय रोक्न तथा उक्त विरुवा हुर्किएसकेमा दाउरा सोतरस्याउला जस्ता गाउँलाई फाइदा पुर्याइदिनुका लागि विरुवा रोपने गरेको बुढाले जानकारी दिए ।

उक्त काम पूरा गर्ने उद्देश्यले अहिले उनले आफैले लेकाली सल्लो, देयर, तुनी दल्लु, धुपी र बकैना गरी कुनै यो वर्ष बेर्ना सार्ने र कुनै अर्को वर्ष बेर्ना सार्ने हुनेगरी करिव १२ हजारका विरुवाको नर्सरी लगाएका छन् । काँक्री गाउँका क्षेत्रधिकार भरिका पाखापखेरा तथा गोरेटो बाटो, विसाउना चौतारो, सडक, विद्यालय र स्वास्थ्य चौकी जस्ता क्षेत्रमा हरियाली क्षेत्र निर्माण गरेर गाउँलाई नमूना गाउँ चिनाउनमा सहयोग पुग्ने विश्वास उनको रहेको छ ।

२०६९ सालमा लगाइएको विरुवा हुर्किरहेका छन् । जसले उक्त क्षेत्रमा अहिले सुन्दरताले भरिपूर्ण छाइरहेको वडा अध्यक्ष नरबहादुर बुढा मगरले बताए । उहाँको त्यो निःशुल्क समुदाय समर्पित योगदान गर्नुभएकोमा अगामी दिनमा सम्मान अवश्य गर्ने छाँै अध्यक्ष बुढाले भने । सार्वजनिक क्षेत्र लगायत आफ्नो बारीमा पनि कागती, सुन्तला र स्याउ गरी २ सय विरुवा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु