होलीलाई मर्यादित रुपमा मनाऔँ : प्रधानमन्त्री देउवा

काठमाण्डाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अरुलाई असर नहुनेगरी मर्यादित रुपमा फागुपूर्णिमा (होली) पर्व मनाउन सबैमा आग्रह गरेका छन्। आज परेको होलीको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा प्रधानमन्त्री देउवाले सुख, शान्ति तथा समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात होली पर्वको विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । देउवाले सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्। फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ। प्रधानमन्त्री देउवाले कोभिड–१९...