पारिश्रमिक लिइसकेका कलाकारहरु फिल्मको प्रचारमा आएनन् : निर्देशक बोहोरा

काठमाडौं । फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर प्रचारप्रसारमा नआएर समस्या भयो,’ निर्देशक बोहोराले भने । उनी निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश गीत ‘अनौठो प्रेम’ को सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाकै क्रममा उनले दुखेसो पोखेका हुन् । ‘आफ्नो फिल्मलाई प्रमोसन गर्न कलाकार आफैं आउनु पर्ने हो । तर पारिश्रमिक पाएपछि सम्पर्कविहीन छन्,’ उनले भने । बारम्बार सम्पर्क गर्दा पनि प्रियंका कार्की, दीपिका प्रसाईं र विल्सन विक्रम राई फिल्मको प्रचारप्रसारमा नआएको र विभिन्न बहाना बनाएको निर्देशक बोहोराको आरोप...