केकी अधिकारीको ‘यो माया के हो’ सार्वजनिक

काठमाण्डौं । मलेशियामा बसेर विभिन्न संगीत सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याउदै आएका गीतकार राम कृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन...