केकी अधिकारीको ‘यो माया के हो’ सार्वजनिक

निरन्तर न्यूज
१२ मंसिर २०७७, शुक्रबार ०९:४०

काठमाण्डौं । मलेशियामा बसेर विभिन्न संगीत सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याउदै आएका गीतकार राम कृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ। गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*