बोस्टर्नमा आयोजित धार्मिक तथा सामुदायिक कार्यक्रम सम्पन्न

बोस्टर्न । अमेरिकाको बोस्टनमा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)ले आयोजना गरेको ४ दिने कार्यक्रम मे २७ तारिखमा शुभारम्भ भई मे ३० मा सम्पन्न भएको हो। कार्यक्रम बोस्टन सहरको ५९४ वासिङ्टन स्ट्रिट, ब्रेनट्री (594 Washington Street, Braintree) स्थित प्याब्फोन(PABFONE) को आफ्नै सामुदायिक भवनमा आयोजना गरिएको थियो। मे २१ तारिख आइतावारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसंगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलापहरु गरिएको थियो। ४ दिने मुख्य कार्यक्रम अन्तर्गत सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ, गौतम बुद्ध लगायत अन्य भगवानका मूर्तिहरुमा धार्मिक...