गोरखाको छेकम्पारस्थित नेपाल र चीनको दुईवटा नाकामा नेपाली झण्डा गाडियाे
गोरखा । त्रिदेशीय सीमा सवाल उठिरहेका बेला गोरखाको छेकम्पारस्थित दुईवटा नाकामा नेपाली झण्डा गाडिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका वडाअध्यक्ष र दुईजना वडा सदस्यले थाप्ला र ङुइलाढाजेन नाकामा झण्डा गाडेर फर्किएको वडा अध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वडाका जनप्रतिनिधिहरु सीमानामा पुगेर झण्डा गाडेको उनले बताए । ‘विगतदेखि नै सीमानामा चीनको झण्डा मात्र थियो । अनि मैले जिल्लाका सिडियोसाबसँग सल्लाह गरेर झण्डा गाडेको हुँ, उनले भने, ‘सीमानामा चीनको मात्र झण्डा देख्दा र हाम्रो झण्डा नदेख्दा खल्लो लाग्थ्यो । अब दुवै देशको झण्डा देख्न पाइने भयो । आत्मसन्तुष्टिको महशुस भएको छ...



















