हेटौँडामा भीम विराग प्रतिष्ठानबाट ११ सर्जक सम्मानित, काे हुन भीम बिराग ?

हेटौँडा | भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले शनिबार नेपाली साहित्य, संगीत, कला, पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका ११ जनालाई एक कार्यक्रमका बीच  सम्मान गरेकाे छ । यस वर्षको २५ हजार रुपैयाँ राशीको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाण्डाैँकी साहित्यकार माया ठकुरी  प्रदान गरिएको छ ।  राष्ट्रिय संगीत पुरस्कार गायक हेमन्त शर्मालाई प्रदान गरिएकाे छ भने राष्ट्रिय कला पुरस्कार हेटाैँडाका कलाकार भोलाराज सापकोटालाई प्रदान गरिएको छ । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ठाकुर बेल्वासेलाई दिइएकाे छ । त्यसैगरि तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार महिला उद्यमी शोभा श्रेष्ठलाई १५ हजार राशीको पुरस्कार सहित महिला सशक्तीकरणमा पुर्याएको...