आज गाइजात्रा मनाइँदै

हेटौंडा । आज गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। गत शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आज गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। आज प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने भएको छ । आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।...