राष्ट्रिय कविता महोत्सवमा मकवानपुरे कवि न्यौपाने सर्वोत्कृष्ट

निरन्तर न्यूज
१२ असार २०८१, मंगलवार १५:२०

हेटौंडा । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव– २०८१ मा मकवानपुरे कवि अनिता न्यौपाने सर्वोत्कृष्ट भएकी छिन् ।

दुुई दशकदेखि मकवानपुरमा रहेर सात्हित्य लेखन र संरक्षणमा सक्रिय न्यौपानेको ‘अचेल कहाँ हराइरहेका छन्– बच्चाहरू ?’कविता सर्वोत्कृष्ट घोषित भएको हो । आईतबार प्रतिष्ठानले छनौटमा परेका २५ कवितामध्येबाट सर्वोत्कृष्ट छनौट गरेको थियो । प्रतियोगिताका लागि ६०४ वटा कविता सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको फूलको विद्रोह कविता सङ्ग्रह प्रकाशन भईसकेको छ । प्रज्ञाले सर्वोत्कृष्ट कविलाई विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर ३० हजार नगदसहित पुरस्कार प्रदान गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*