गाईभैसीलाई ‘लम पी स्क्रिृन’ बिरुद्धको खोप लगाउँदै हेटौंडा उपमहानगर

हेटौंडा।  हेटौंडा उपमहानगरपालिकाले गाई बस्तुमा देखिएको ‘लम पी स्क्रिृन’ रोग बिरुद्धको खोप लगाउन सुरु गरेको छ । चैत्र महिनामा देखिएको रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि उपमहानगरपालिकाले खोप खरीद गरी लगाउन सुरु गरेको हो । खोप खरीद गरेसँगै हेटौंडा उपमहानगरपालिकाको ३ र १९ मा खोप लगाउँने कार्य सकिएको छ । आइतबार दुई वडामा ‘लम पी स्क्रिृन’ बिरुद्धको खोप लगाउने कार्य सकिएसँगै सोमबारबाट नगरका सबैवडाहरुमा पशुप्राबिधीकको सहयोगमा अभियानलाई अघि बढाइने हेटौंडा उपमहानगरपालिका कृषि तथा पशु शाखा प्रमुख गंगा चौलागाईले बताइन् । पहिलो चरणमा १ हजा ५ सय खोप खरीद गरी वडामा...