बस खस्यो

निरन्तर न्यूज
११ मंसिर २०७६, बुधबार १७:१५

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।

लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो।

बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ।

दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु