लियो क्लव अफ हेटौडा भुटनदेविले अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

निरन्तर न्यूज
१८ मंसिर २०७६, बुधबार १२:०२

हेटौडा । लियो क्लव अफ हेटौडा भुटनदेविले अपांगता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । लियो साप्ताहिक कार्यक्रम तथा २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसर पारी आज हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ को शान्ति, बहिरा तथा सुस्त श्रवण आवासीय आधारभुत विद्यालयका ३६ विद्यर्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

लियो साप्ताहिक कार्यक्रमको आज तेस्रो दिन सो विद्यालयका विद्यार्थीहरुलाई १८ र्दजन कापी, कलम, सिशाकमल र ज्यामिति बक्स २१ थान वितरण गरेको क्लवका उपाध्यक्ष आभाष पौडेलले बताउनु भयो ।

बहिरा अपांगता भएका विद्यार्र्थीको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको लियो क्लव हेटौडा भुटनदेविका अध्यक्ष रुपक कालिराजले बताउनु भयो । विद्यार्थीको शैक्षिक क्षेत्रमा हौसला थप्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको उहाँले बताउनु भयो ।

सो कार्यक्रममा लियो जिल्ला परिषद् २३५ बि २ नेपालका जिल्ला निर्देशक अनिल अधिकारीले लियोको बारेमा जानकारी दिनु भएको थियो । उहाँले यस विद्यालयमा सहयोग गर्नको लागि सबैमा आग्रह समेत गर्नु भयो ।

लियो ३२५ बि २ नेपाल यरिया २ का रिजन कोर्अडिनेटर शुसान्त खतिवडाले यस सहयोगले यस विद्यालयको शैक्षिक विकासमा उत्प्रेरणा बढाउन मद्दत पुग्ने बताउनु भयो । लियोहरुले यस्ता विद्यालयमा सहयोग गर्नु पर्ने भन्दै साप्ताहिक कार्यक्रम अन्र्तगत लक्षित बर्गलाई यो मानविय सेवा पुरयाएका भन्दैे क्लवलाई धन्यावाद समेत दिए ।

त्यस्तै लियो जिल्ला परिषद् २३५ बि २ नेपालका टेल्लट्वीस्टर राजन श्रेष्ठले लियो साप्ताहिक कार्यक्रममा अन्र्तगत यस शैक्षिक सामाग्री यस विद्यालयलाई प्रदान गर्नु लियो क्लवको सौभाग्य भएको बताउनु भयो । मकवानपुरमा यस्ता विद्यालय संचालन भएको आफु थाहा नभएको भन्दै यस्तो विद्यालयलाई सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा लियो क्लव अफ पाथीभराका उपाध्यक्ष अस्मिता अर्याल, लियो क्लव अफ हेटौडा मकवानपुरका अध्यक्ष सन्तोश बस्याल लगायत लियो पदाधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

०६१ सालदेखि हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ मा अपांगता भएका विद्यार्थीलाई पढाइँदै आएको छ । जिल्लामा सांकेतिक भाषाको पढाइ हुने यो एक मात्र विद्यालय हो । यहाँ सांकेतिक भाषामा पठनपाठन हुँदै आएको छ ।

विद्यालयका प्रध्यानाध्यापक बिष्णु लामिछानेका अनुसार अपागंता भएका विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । ‘आर्थिक अवस्था कमजोर हुँदा व्यवस्थापनमा समस्या छ,’ उहाँले भन्नु भयो, ‘ यस विद्यालयमा राहत ३ जना ६ जना निजिस्रोत र २ जना होस्टेल वाडेन र १ जना लेखापाल यति शिक्षकले मात्र सिंगो स्कुल धान्दै आएका छौँ ।’

शिक्षकको दरबन्दी कम हुँदा पठनपाठनमै असर परेको उहाँले बताउनु भयो । विद्यालयको पर्याप्त भौतिक संरचना, जनशक्ति र आवासीय रूपमा विद्यार्थीलाई बसाल्न आर्थिक अवस्थाका कारण समस्या हुँदै आएको उहाँले बताउनु भयो । ‘छात्रा छात्र गरी ३६ जना बहिरा अपांगता भएका विद्यार्थीहरू यो वर्ष भर्ना भएका छन्’ सम्पुर्णमा सहयोगको लागि समेत आग्रह गर्नु भएको छ ।

३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अपांगता भएकाको क्षेत्रमा काम गर्न तीनै तहका सरकार लागिपरेको बताउनु भयो । प्रदेश सरकारले सडक मानवमुक्त अभियान पनि उत्तिकै जोडसाथ उठाएको भन्दै उहाँले अपांगता भएकाको अधिकार प्राप्तिका लागि सरकार लागेको मन्त्री दुलालले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*