सवारी दुर्घटनामा दुईजनाको मृत्यु

निरन्तर न्यूज
२० मंसिर २०७६, शुक्रबार ११:१०

काठमाडौँ । ललितपुरको एकान्तकुनामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार रोकिराखेको टिपरमा स्कुटी ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँएको हो ।

प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*