गाडीको ठक्करबाट एक जना पैदलयात्री मृत्यु

निरन्तर न्यूज
२० मंसिर २०७६, शुक्रबार १६:२९

काठमाडौं । झापामा दुई वटा गाडीको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ का ७० वर्षीय हरि प्रसाद न्यौपाने रहेका छन् ।

मेचीनगर नगरपालिका-१२ र बुद्धशान्ति गाउँपालिका-३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा प्रदेश नम्बर १-०१-००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुन: ठक्कर दिँदा न्यौपाने गम्भीर घाइते भएका थिए ।

दुई वटा गाडीको ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*