प्रेस संगठन मकवानपुरको संयोजकमा प्रकाश दाहाल चयन

निरन्तर न्यूज
२३ मंसिर २०७६, सोमबार ०६:५१

हेटौंडा। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठन मकवानपुरको संयोजकमा प्रकाश दाहाल नियुक्त भएका छन् ।

तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस संगठन नेपाल मकवानपुरको संयोजकमा दाहाललाई चयन गरिएको हो ।

संगठनको केन्द्र र प्रदेशमा संयोजक, सहसंयोजक तथा केन्द्रीय सदस्यको चयनपछि जिल्लाको नेतृत्व चयन भइरहेको छ ।संगठनको प्रदेश ३ मा रहेका १० जिल्लामा संयोजक र सहसंयोजक चयन गर्ने क्रममा दाहाल मकवानपुरको संयोजक भएका हुन् । संगठनको प्रदेश ३ का संयोजक विश्वमणि सुवेदी र सहसयोजक सुनिल खड्काले जारी गरेको विज्ञप्तीमा तत्कालिन चौतारी मकवानपुरका अध्यक्ष दाहाललाई नै संयोजकको जिम्मेवारी दिइएको छ ।

मकवानपुरमा सहसंयोजक तत्कालिन प्रेस सेन्टरको भागमा परेपनि टुंगो लाग्न नसकेको विज्ञप्तीमा उल्लेख छ । मकवानपुरमा सहसंयोजक टुंगो लाग्न बाँकी रहेको सुवेदीले जानकारी दिए । मकवानपुरसहित केही जिल्लामा समस्या देखिएकाले छलफलबाट केही समयपछि टुंगो लगाउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*