हेटौंडाको बसामाडीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगर पालिका वार्ड नम्बर ३ स्थित बसामाडीमा आइतबार साँझ ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजि ७० बर्षका स्थानीय लालबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकले ठक्कर दिएपछि उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ना ८ख २२५९ नम्बरको ट्रक प्रहरी नियन्त्रणमा रहेको र उक्त ट्रकका चालक फरार रहेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।







