बुहारीको बलात्कार र सासूको हत्या गर्ने युवक पक्राउ

निरन्तर न्यूज
२४ मंसिर २०७६, मंगलवार १२:३२

सिरहा । एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*