कार दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धकको गयो ज्यान

निरन्तर न्यूज
२४ मंसिर २०७६, मंगलवार १४:२५

काठमाडौं । कार दुर्घटनामा परी ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धकको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धक प्रबन्धक सुरज पाण्डको ज्यान गएको हो । बा.६ च ६३९० नम्बरको कार आज बिहान करिब ८ बजेतिर दुर्घटनामा परेको जनाइएको छ ।

कपिलवस्तु नगरपालिका–९ हरनामपुरनिवासी २९ वर्षीय पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई रहेको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार अन्य पाँच जना घाइते छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*