सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १२:०८

काठमाडौं । मंगलबार र बुधबार स्थिर मूल्यमा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला चार सय र चाँदी प्रतितोला १० रुपैयाँ वृद्धि भएको हो । बुधबार सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय कायम गरिएको छ ।त्यसैगरी, बुधबार प्रतितोला ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*