मकवानपुरका प्रमुख जिल्ला अधिकारी भट्टसँग परिचय तथा छलफल

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार १३:१४

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भक्तपुरबाट ३ दिन अघि सरुवा भएर आउनुभएका प्रमुख जिल्ल अधिकारीसँग परिचय तथा छलफल कार्यक्रम गरिएको छ ।

प्रशासन कार्यालयको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न मकवानपुर आउनुभएका नारायण प्रसाद भट्टलाई स्वागत समेत गरिएको थियो । जिल्लाका विभिन्न क्षेत्रका बारेमा जानकारी, सल्लाह सुझाव सहित समन्वय गरेर अघि बढ्न सहभागीहरुले सुझाएका थिए ।

कार्यक्रममा सहभागि सन्चारकर्मीहरुले प्रशासन कार्याल जिल्लाका सबै कार्यालयहरुको पनि कार्यलय भएको कारण सूचना दिने क्रममा कन्जुस्याइ नगरि छिटो छरितो ढंगले सूचना दिन अनुरोध गरेका थिए । दैनिक मिडियामा आउने समाचारका बारेमा समेत अव्यस्थ रहनको लागि प्रजिअ भट्टलाई सन्चारकर्मीको आग्रह थियो ।

कार्यक्रममा सबैको प्रतिक्रिया सुझाव सुनेपछि प्रजिअ भट्टले प्रशासनको काम भने मुख्य शान्ति सुरक्षा अमन चयन कायम गरि जिल्ला वासीलाई निर्धक्कले नियमित जिवन यापन सहज बनाउने रहेको बताउनुभयो । प्रजिअ भट्टले खादा र माला लगाउन मात्र आफुहरुलाई नबोलाउन अनुरोत्र समेत गरेका थिए । ‘बोलाउने भए निश्चित परियाम दिने प्रकारका छलफल तथा अन्तरक्रियामा बोलाउनुहोला नत्र खादा माला लगाउन मात्र त म आउदिन, नले भने सिडोओ कारणले दुर दराजबाट काम लिएर आएका जनतालाई सिडिओ नभएर काम अड्कियो भन्ने अवस्था कहिल्यै आउन दिन्न’ ।

निकै व्यवहारीक रुपले बोलिरहेका प्रमुख जिल्ला अधिकारीको कुरालाई उपस्थितले निकै गम्भिर रुपले मनन गरिरहेका थिए । कार्यक्रममा सहभागि एक जनाले भने सिडिओ साब अनुभवि र कुशल प्रशासक रहेको सुनाए ।

कार्यक्रममा प्रजिअ भट्टलाई यातायातको समस्या, राजमार्गको समस्या, औद्योगिक क्षेत्रको समस्या, उपभोक्ता ठग्ने तथा काला बजारी गर्ने लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ल अधिकारी भट्टसँग जिल्लाका स्थानीय तहका प्रतिनिधि, गैर सरकारी संस्था, मान वेचविखन विरुद्धको सन्जाल, होटल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, उपभोक्ता हकहित संरक्षण मञ्च, कानुन व्यवसायी तथा सज्चारकर्मीहरुले परिचय तथा छलफल गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु