प्रजातान्त्रिक योद्धा गिरिजा कोइरालाको सम्झनामा हेटौंडामा वृतचित्र प्रदर्शन हुने

निरन्तर न्यूज
२६ मंसिर २०७६, बिहीबार २०:३२

हेटौंडा। जिपि कोइराला फाउन्डेसन मकवानपुरको आयोजनामा मंसिर २८ गते शनिबार नेपालका पूर्व प्रधानमन्त्री एव प्रजातान्त्रिक योद्धा स्व. गिरिजा प्रसाद कोइरालाको जीवनमा आधारित `प्रजातन्त्रका लागी अपहरण´ नामक बृत्तचित्र हेटौडामा प्रर्दशन हुने भएको छ ।

फाउन्डेशनको कार्यालयको उदघाट्न केन्द्रिय अध्यक्ष पूर्व परराष्ट्र मन्त्री एवं संघीय संसद सुजाता कोइरालाले गर्नुहुने
आज बिहीवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनका जिल्ला संयोजक नारायण लम्सालले जानकारी दिए ।

हेटौडाको ओम्याक्स चलचित्र हलमा बृत्तचित्र प्रर्दशन गरिने संयोजक लम्सालले जानकारी दिएका छन्। उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि बि सं २०३० मा बिमान अपहरण गर्दाका घटना र गीरिजा प्रसाद कोइरालाले प्रजातन्त्रको लडाँइमा ब्यहोरेको घटना समेटिएको वृत्तचित्र प्रदर्शन गरिने लम्सालले बताए ।

बृत्तचित्र प्रर्दशनबाट उठेको रकम फाउन्डेसनले प्रजातन्त्र, शान्ति र विकासका क्षेत्र सहित सामाजिक गतिविधिमा खर्चिने फाउन्डेसनका सचिव रामहरी तिमल्सिनाले जानकारी दिए ।

वृतचित्र हेर्नको लागी ३ सय, ५ सय र एक हजार मूल्यको ३ सय ७८ थान टिकटको ब्यबस्था गरिएको सचीव तिमल्सिनाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*