आज सुनचाँदीको भाउ स्थिर

निरन्तर न्यूज
६ माघ २०७६, सोमबार १२:२१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार पनि यथावत् छ ।
यस्तै तेजाबी सुन अघिल्लै दिनको मूल्य अर्थात् प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यस्थिर रहँदा चाँदीको भाउ पनि स्थिर नै छ । सोमबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबारदेखि बढेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*