ज्योति मगरले ऋषि धमलाजस्तै पोईको खोजीमा छु भनेपछि….(भिडिओसहित)

निरन्तर न्यूज
७ भाद्र २०७७, आईतवार १२:१७

काठमाडौं ।  चर्चित गायिका ज्योति मगरले आफू ग्ल्यामर पेशामा भएकोले राम्री हुनको लागि मेकअप गर्ने गरेको सुनाईन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । गायिका मगरले जान्न म त बुवा तिम्रो ज्वाँईको घर, लाग्छ मलाई दुम्सी काँडे जुँगाको डर बोलको गीत गाएलगत्तै पत्रकार धमलाले तपाई बुढो पोईको खोजीमा हुनुहुन्छ हो रु भनेर प्रश्न सोध्दा उनले भनिन्, हँहँहँ, तपाईँजस्तै । उनले कोमल वली, दिपाश्री निरौलाहरुको अगाडि आफू बच्चै भएको भन्दै बुढी नभएको पनि जवाफ फर्काएकी थिईन् । उनले आफू विवाह गर्ने तयारी रहेको र उपयुक्त वरको खोजीमा रहेको जानकारी दिईन् । उनले आफूलाई मन पर्ने युवा पढेलेखेको हुनुपर्ने, हेर्दा राम्रो हुनुपर्ने र आफ्नो खुट्टामा उभिएको हुनुपर्ने च्वाईस सुनाईन् ।श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*