बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

निरन्तर न्यूज
३० भाद्र २०७७, मंगलवार १०:४०

हेटौंडा । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले गौतमलाई मनोनीत गर्न राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । दुई वर्षे गोलाप्रथाका कारण राष्ट्रपतिबाट मनोनीत डा. युवराज खतिवडाको पदावधि पूरा भएपछि रिक्त सदस्यमा गौतमलाई सिफारिस गरिएको हो ।

दोस्रोपटक सिफारिस नभएपछि डा. खतिवडाले अर्थमन्त्रीबाट गएको २० गते नै राजीनामा दिएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा गौतम कांग्रेसका सञ्जय गौतमसँग बर्दिया– १ बाट ७५३ मतले पराजित भएका हुन् । यसअघि २०४८, २०५१ सालमा प्रतिनिधि सभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका गौतम तीन पटक उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*