मकवानपुरमा जेसीज नेतृत्व चयन : बसामाडीमा केसी, बस्तीपुरमा भेटवाल र हेटाैँडामा बस्नेत निर्वाचित
हेटौंडा । बसमाडी जेसीजको बर्ष २०२१ को लागि अध्यक्ष पदमा गौतम केसी सर्वसम्मत निर्वाचित भएका छन् । केसी निर्विराेध निर्वाचित भएका हुन् ।
त्यस्तै गरि हेटौंडा जेसीजकाे अध्यक्षमा लिसेन बस्नेत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट बर्ष २०२१ को लागि अध्यक्षमा बस्नेत निर्वाचित भएका हुन् ।
त्यस्तै बस्तिपुर जेसीज हाँडीखोलाको बर्ष २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् ।भेटवाल पनि शनिबार भएको निर्वाचनबाट बर्ष २०२१ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।






