गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको चार्टर उडान शुरु

निरन्तर न्यूज
१७ कार्तिक २०७९, बिहीबार १६:५०

काठमाडौ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले चार्टर उडान शुरु गरेको छ । काठमाडौंको ट्राभल एजेन्सीले गरेको चार्टर बुकिङ हिमालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएपछि हिमालयले बिहीवार दिउँसो पहिलो चार्टर उडान क्वालालम्पुरका लागि गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाउने भए पनि एयरलाइन्सले यात्रुहरूलाई भैरहवाबाट उडाएको हो । एयरलाइन्सले यात्रुहरुलाई चार वटा गाडीमार्फत भैरहवा ल्याएको थियो ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*