बढ्यो सुनको मूल्य

निरन्तर न्यूज
१९ मंसिर २०७९, सोमबार ११:४६

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ ।

आइतबार प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १५ले बढेर एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*