जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

निरन्तर न्यूज
२० मंसिर २०७९, मंगलवार ०४:४२

दोहा। फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

अल जानोब रंगशालामा जारी जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*