हेटौंडाको बसपार्कमा रहेको तरकारी बजार राप्तीमा सारियो

निरन्तर न्यूज
२६ मंसिर २०७९, सोमबार ०९:३०

हेटौंडा । हेटौंडा–१०, बसपार्कमा रहेको थोक तरकारी बजारलाई चौकीटोलमा सारिएको छ । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारिएको हो । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको एकसय ६ जना व्यवसायीक स्टलमा बसपार्क क्षेत्रमा रहेका व्यवसायीलाई सारिएको हो ।

पहिलो व्यवसायी रहेको क्षेत्रमा उपमहानगरपालिकाले बस टर्मिनल भवन निर्माण गर्दै छ । बजार निर्माणमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा भौर्तिक पुर्वाधार निर्माणका लागि उपमहानगरपालिकाले ३६ लाख रुपैयाँ सहयोग गरेको छ । बजार निर्माण गर्न थोक तथा खुद्रा व्यवसायीसँग रकम संकलन गरीएको छ । संघका अनुसार थोक विक्रेतासँग बजार निर्माणमा प्रतिव्यवसायीले २ लाख ५० हजार रुपैयाँ संकलन गरिएको छ । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न करिब ३ बिगाह जग्गा उपलब्ध गराएको थियो । तरकारी बजारको शुभारम्भ गर्दै मेयर मीनाकुमारी लामाले बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले उपमहानगरले बजारलाई व्यवस्थित गर्ने कामलाई निरन्तरता दिइरहेको बताइन् । ठाउँ सारेर व्यापारमा समस्या हुन्छ भन्ने नसोच्नुस् उपमहानगरपालिका सहयोगी बन्ने बताइन् ।

मेयर लामाले अब बिस्तारै उपमहानगरपालिका क्षेत्रका बजारलाई व्यवस्थित बनाउने काममा लागिरहेको भन्दै आगामि दिनमा थप परिवर्तको कामहरु देख्न पाइने बिश्वास दिलाइन् । उनले उपमहानगरक्षेत्रको बिकासको लागि आफ्नो टिम लागिरहेको बताइन् । बिस्तारै नगरमा बिकासको कामले गति लिइरहेको भन्दै समृद्ध नगर निर्माणको कममा लागि पर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा उपमेयर राजेश बानियाँले तरकारी बजार र व्यवसायीलाई व्यवस्थित ढंगबाट काम गर्ने वातावरण तयार पार्ने बताए । उनले कृषि र पर्यटन जोडेर जान आवश्य रहेको बताउँदै बजारलाई व्यवस्थित गर्दा रोजगारीको अवसर पनि सिर्जना हुने बिश्वास व्यक्त गरे । उद्धधाटन कार्यक्रममा फलफुल तथा तरकारी व्यवसायी संघका खड्गबहादुर मोक्तानले हेटौंडा १० मा गरिरहेको व्यापार त्यागेर अब नयाँ निर्माण भएको स्थलमा आउँने बताए ।

उपमहानगरमा कर तिरीरहेका सबै १०६ जना व्यवसायी यहि स्थलमा आएर काम गर्ने भन्दै अब भवन निर्माणकार्य काम १० प्रतिशत बाँकी रहेकाले त्यो सकेपछि निर्माण स्थलको लागत र जमिनको मापन गरी उपमहानगरमा बुझाउने बताए । नयाँ बनेको बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा गरी १०६ वटा स्टल रहेको मोक्तानले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*