कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु
काठमाडौ । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ ।सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम फसेपछि भाग्ने कतै बाटो नभेटेपछि अन्तिम समयमा १२ तल्लाबाट हामफालेका हुन् । तर, उले हामफाल्नु अघि भाइवरमा एक भिडियो सन्देश छाडेका छन् । उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । उक्त भिडियोमा आफ्ना बाबु, श्रीमतीेलगायत आफ्ना आफन्तलाई सम्बोधन गरेका छन् ।
त्यति मात्रै नभइ उनले आफू मृत्युको मुखमा पुगेको र मृत्युवरण गरेमा शव नेपाल पठाइ दिन आग्रह गरेका छन् । अडियो सन्देश छाड्ने निराकारका बाबु बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रहेको बुझिएको छ ।







