किसानहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण

यादव चौलागाई
१८ पुष २०७९, सोमबार २१:३०

हात्तिसुडेँ । बकैयाका दुग्ध कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण गरिएको छ । बाग्मती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा बकैया गाँउपालिकाको हात्तीसुडेँमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्वन्धी अभिमुखिकरण गरेको हो ।
दूग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाइ भैसिँमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेको बताइएको थियो ।
दुग्ध विकास बोर्डका निर्देशक डाक्टर सजिना ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता पालिका उपाध्यक्ष भक्तबहादुर खत्रिले गर्नुभएको थियो । यस अवसरमा बोल्दै प्रमुख अतिथी खत्रिले किसान मैत्रि पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलो सम्वन्धि कार्यक्रम राख्नुले किसान खुसी भएको बताउनुहुदैँ यस्ता कृयाकलाप बढाउन समेत आग्रह गर्नुभएको थियो ।
विशेष अतिथी हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी सस्थाँको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउदा पनि बाध्य भएर विभिन्न दुख पाउनु परेको बताउनु हुर्दै बोर्डले प्राविधिक सहयोग गरेमा पनि किसान लाभान्वित हुने भनाइ थियो ।

प्रदेश दुग्ध विकास वोर्डका अधिकृत डाक्टर उमेश थापाले सञ्चालन सहित सहजिकरण गर्नुभएको कार्यक्रममा बकैया गाँउपालीका आर्थीक शाखा तथा कृषी अधिकृत अशोक कुमार सिंह, दुग्ध विकास बोर्ड का प्राविधीक मोहनकुमार यादव लगायतको सहभागीता थियो । र्बोडले थुनेलो नियन्त्रणका टिट डिप कप, टिटडिप केमिकल किसानहरुलाई हस्तान्तरण गरेको थियो । भने पालिकालाई र स्थानिय हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी सस्थाँलाई टि एटी रिएजेन्ट र प्यान्डल वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*