सामुदायिक बिद्यालयमा सूचना अधिकारी राख्न हेटौँडा उपमहानगरको आग्रह
हेटौडा । हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरूले सूचना अधिकारी तोक्नुपर्ने भएको छ । विद्यालयमा अध्यपनरत शिक्षकहरूमध्येबाट एक जनालाई सूचना अधिकारी तोक्न हेटौँडा उपमहानगरपालिकाले पत्राचार गरेको छ ।
हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै आ–आफ््नो विद्यालयमा अविलम्ब सूचना अधिकारी तोकी सोको जानकारी शिक्षा विकास महाशाखामा गराउन अनुरोध गरेको छ ।
विद्यालयसम्बन्धी जानकारी गराउन तथा विद्यालयका लागि आवश्यक सूचनाबारे जानकारी राख्न सूचना अधिकारी नियुक्त गर्न लागेको बताइएको छ ।







