भक्तपुरमा करेन्ट सर्ट भई अन्डाको क्रेट बनाउने फ्याक्ट्रीमा आगलागी

निरन्तर न्यूज
१ माघ २०७९, आईतवार १८:४५

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.९ बोडे पेट्रोल पम्प ओरालोमा शनिबार राति आगलागी भएको छ ।

भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं.४ घर भई हाल भक्तपुर कटुन्जे बस्ने बर्ष ४० को राकेश सुवालले सञ्चालन गरेको नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने फ्याक्ट्री) मा आगलागी भएको हो ।

एक्कासी करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी, दमकल र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको छ ।

आगलागीबाट क्याक्ट्रीभित्र रहेका सामानहरू पूर्ण रूपले जली नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

अन्डाको क्रेड बनाउने कागज ३ लाख बराबरको र जेनेरेटर १ थान १२ लाखको गरी कुल १५ लाख बराबरको सामानको क्षति भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*