खराब मौसमका कारण देशभरका आन्तरिक उडान बन्द

निरन्तर न्यूज
२ माघ २०७९, सोमबार ०९:४९

काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान बन्द भएका छन् ।

मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान(अवतरण भने रोकिएको छैन ।
यती एयरलाइन्सले भने आज सबै उडान रद्द गरेको थियो। काठमाडौंबाट पोखरामा उडान भरेको जहाज दुर्घटना भएसँगै उडान रद्द भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*