कैलाश गाउँपालिकाले आगलागि पीडितलाई दिइयो राहत

निरन्तर न्यूज
३ माघ २०७९, मंगलवार १०:५५

हेटौडा । कैलाश गाउँपालिकाले आगलागि पीडित स्थानीयलाई राहत सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष लोक कुमार मुक्तान सोमबार राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुगेका थिए ।

उनले चेपाङ परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्यसामग्री गाउँमै पुगेर हस्तान्तरण गरेका हुन् । चेपाङको घर निर्माणको लागि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष मुक्तानले बताए । उनलाई घर बनाउन जस्तापाता तथा आवश्यक निर्माण सामग्री उपलब्ध गराईने अध्यक्ष मुक्तानले जानकारी दिए ।

गएको पुस २९ गते आगलागीमा परि चेपाङको घर पुर्ण नष्ट भएको थियो । आगलागीबाट उनको घरमा रहेको खाद्यान्न तथा लत्ताकपडासमेत सबै जलेको अध्यक्ष मुक्तानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*