दोलखामा आगलागी हुँदा ९ घर जले

निरन्तर न्यूज
१९ माघ २०७९, बिहीबार २०:४२

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-९ कटुवाचौरमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । गएराति स्थानीय रुद्रबहादुर थामीको घरबाट सुरु भएको आगलागीले ९ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

रूद्रको घरसँगै रहेको स्थानीय राम बहादुर थामी, गोपिलाल थामी, अमृत वली, शंकरकुमार वली, नवराज सेढाई, चित्रबहादुर सेढाई, दुर्गा वली र स्वस्थानि सेढाईको घर जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयको सहयोगमा बिहान ७ बजे आगो नियन्त्रणमा लिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आगोलागी कारण नखुलेको तर विद्युत सर्ट भएर आगोलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको क्षति विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*