मकवानपुर गोल्ड कप : एपीएफ बिजयी

निरन्तर न्यूज
१ फाल्गुन २०७९, सोमबार ०९:२६

हेटौंडा । विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा एपिएफले सातदोबाटो क्बललाई १–० गोलले पराजित गरेको हो ।

एपिएफको जितमा युवराज खड्काले निर्णायक गोल गरे । फवार्ड प्रदिप लामा दिएको पासलाई खड्काले हेडमार्फत गोल गर्न सफल भए । खड्काले दायाँ कर्नरतर्फबाट आएको क्रसलाई हेडमार्फत गोल गरे ।

पहिलो हाफमा एक गोलले पछि परेको सातदोबाटोले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । त्यस्तै एपिएफले पनि सुन्दर मौकाहरु पायो, तर थप गोल गर्न भने सकेन ।

बाँकी समयमा गोल हुन नसकेपछि एपिएफले सातदोबाटोमाथि १–० गोलको कठिन जित हात पारेको हो । खेलको म्यानअफ द म्याच विजयी टोली एपिएफका मणि लामा घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

अब एपिएफले सेमिफाइनल प्रवेशका लागि साविक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्बलसंग प्रतिस्पर्धा गर्नेछ । भोली सोमबार एनआरटी फुटबल क्लब र वीरगञ्ज युनाईटडबीच प्रतिस्पर्धा हुनेछ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

कवानपुरका १० वटा स्थानीय तहको सहयोगमा आयोजित प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*