बन्द भयो हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन

निरन्तर न्यूज
२ फाल्गुन २०७९, मंगलवार १५:००

काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ। उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ।

उद्योगका नायव महाप्रबन्धक नवीन कर्णले सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने बताए । कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ।

लामो समय बन्द रहेर उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको थियो अहिले फेरि बन्द भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*