दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

निरन्तर न्यूज
८ चैत्र २०७९, बुधबार १०:५७

काठमाडौं । ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगन्जबाट ग्याँस लिएर दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना हुदाँ तीनजनाकाे घटनास्थलमा नै मृत्यु भएकाे हाे ।

मनकामना ग्याँस बोकेको ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए । मृत्यु भएका ३ जनाको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु