भेरी नदीको बेलिब्रिज भाँचिदा ९ जना घाइते

निरन्तर न्यूज
७ बैशाख २०८०, बिहीबार १४:५९

काठमाडौ । जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो। डोल्पा सडक खण्ड रूकुम र जाजरकोटका विभिन्न भागबाट बनेको छ।

घट्नाको विस्तृत विवरण आउन बाँकी छ र हेलिकोप्टरबाट उद्धारको प्रयास भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*