भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ

निरन्तर न्यूज
४ जेष्ठ २०८०, बिहीबार १८:०१

काठमाडौं । भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाललाई पनि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको छ ।

बिहीबार दिउँसो उनी काठमाडौंबाट पक्राउ परेका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।

यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। आजै मात्र प्रहरीले केन्द्रीय हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई सिंहदरबारबाट पक्रेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु