विश्व वातावरण दिवसकाे सप्ताहव्यापी कार्यक्रममा हेटौंडाको राप्ति खोला सरसफाई

निरन्तर न्यूज
१७ जेष्ठ २०८०, बुधबार १६:२२

हेटौंडा । विश्व वातावरण दिवस-२०८० को सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन राप्ति खोला विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पूर्वा लामा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, वातावरण शाखा प्रमुख चन्दा खड्का, डिभिजन वन कार्यालयका प्रमुख, सहायक वन अधिकृत, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा ३५० जना भन्दा बढिले राप्ती खोलामा रहेका फोहर संकलन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*