देशभरको तापक्रम बढ्ने
काठमाडौँ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै पछिल्लो समय देशभरको तापक्रम बढीरहेकोमा आजपनी कायमै रहने महाशाखाको पूर्वानुमान छ । बढ्दो तापक्रममा सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
यसैगरी राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।







