आफ्नै शरीरमा आगो लगाएका युवाको उपचारको क्रममा मृत्यु
निरन्तर न्यूज
३१ जेष्ठ २०८०, बुधबार १३:०२
काठमाडौं । मंगलबार राति पौने १२ बजे आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाउने एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका १५ विजयेश्वरी बस्ने २७ वर्षीय रुपेश राजबहरले गएराति शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनको तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।







