मकवानपुरको सिडिओ फेरिए
निरन्तर न्यूज
१ असार २०८०, शुक्रबार २२:५५
हेटौडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मकवानपुरको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको सिराहा सरुवा भएको हो ।
त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा खोटाङका सिडिओ सूर्य सेढाईं आउने भएका हुन् । गृह मन्त्रालयले शुक्रवार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ भने अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरूवा र पदस्थापन गरिएको हो ।







