राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरी पेसमेकर राखियो

निरन्तर न्यूज
५ असार २०८०, मंगलवार २१:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरेर पेसमेकर राखिएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार राति अस्पतालमा भर्ना गरिएको थियो। हाल राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ ।चिकित्सकका अनुसार पेसमेकर मुटुमा राखिने सानो यन्त्र हो। यसले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ। मुटुको चाल कम भएका बिरामीको मुटुको शल्यक्रिया गरेर चलाउ ब्याट्री राख्नुलाई नै पेसमेकर भनिन्छ ।

एक पटक शल्यक्रिया गरेर राखेको पेसमेकरले चार देखि १० वर्ष काम गर्छ। त्यसले काम गर्न छाडेपछि फेरि ब्याट्री राख्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*